बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४० किलो चाँदीसहित रौतहटबाट एकजना पक्राउ

मङ्गलबार, ०५ असोज २०७८, १२ : ०१
मङ्गलबार, ०५ असोज २०७८

रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएका ३५ वर्षीय विद्यानन्द माझी छन् । 

काठमाडौँबाट रात्रि बसमा गएका माझीलाई पक्रेर थप अनुसन्धान सुरु गरिएको रौतहटका एसपी विनोद घिमिरेले रातोपाटीलाई बताए । गौरस्थित नयाँ बसपार्कमा प्रहरीले चेकजाँच गर्दा उनको साथमा ४० केजी चाँदी फेला परेको थियो । सोको आजको मूल्य ३९ लाख ४४ हजार रहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप