क्यानडाः बहुमत हासिल गर्न चुके तर सत्तामा रहिरहनेछन् जस्टिन ट्रूडो
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको लिबरल पार्टीले सोमबार भएको संसदीय चुनाव जितेको छ तर संसदमा बहुमत हासिल गर्नका लागि भने उनी चुकेका छन् । मध्यावधि चुनाव गराउने निर्णय जस्टिनका लागि खासै फाइदाजनक देखिएन ।
यसवर्षको नतिजा पनि दुई वर्ष अघिको झैं देखिएको छ । जस्टिन ट्रूडोको लिबरल पार्टी सबैभन्दा ठूलो पार्टी बनेर उदाएको छ । सन् २०१५ मा उनले पहिलोपटक चुनाव जितेका थिए, त्यतिबेला देखि नै उनी सत्तामा आसिन छन् ।
लिबरल पार्टीले १५७ सिटमा चुनाव जितिसकेको छ वा जित्ने स्थितिमा छ । सन् २०१९ मा पनि उनको पार्टीले यति नै सिट पाएको थियो । क्यानडाको संसद हाउस अफ कमन्समा बहुमतका लागि १७० सिट आवश्यकता पर्छ ।
कन्जरभेटिव्सले १२१ सिटमा जीत हासिल गरिसकेको छ । सन् २०१९ मा पनि उनीहरुको यही स्थिति थियो । वामपन्थी न्यू डेमोक्रेट्स २९ सिटसहित अघि छ । उनीहरुलाई अघिल्लो पटकको तुलनामा पाँच सिटको फाइदा भएको छ ।
ब्लक क्यूबेकोइसको सिट घटेर २८ मा आइपुगेको छ र ग्रीन पार्टीको क्यानडाको संसदीय चुनावमा दुई सिटमा चित्त बुझाउनु परेको छ ।
एक स्थिर अल्पमत भएको सरकारका नेताको रुपमा ट्रूडोले मध्यावधि चुनाव गराउन निर्णय गरेका थिए । यद्यपि, उनको सरकार ढल्ने कुनै खतरा भने थिएन ।
विपक्षले यो मध्यावधि चुनावको कुनै आवश्यकता नभएको र ट्रूडोले निजी महत्वाकांक्षाका लागि यस्तो निर्णय लिएको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद