शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानले भन्यो, ‘महिला जति सक्दो छिटो स्कूल फर्कनेछन्’

मङ्गलबार, ०५ असोज २०७८, १३ : ०७
मङ्गलबार, ०५ असोज २०७८

तालिबानले महिलालाई सकेसम्म छिट्टै विद्यालय फर्कन अनुमति दिने बताएको छ ।

तालिबानका प्रवक्ता जबिल्लाह मुजाहिदले आफूहरुले जतिसक्दो छिटो महिलालाई विद्यालय जाने अनुमति दिने बताएका हुन् ।

मुजाहिदले भने, ‘हामी यसलाई अन्तिम रुप दिइरहेका छौं । जतिसक्दो छिटो हामीले यसबारे निर्णय गर्नेछौं ।’

साथै तालिबानका प्रवक्ताले केही अन्य मन्त्रालयबारे पनि घोषणा गरेका छन् । तर अहिलेसम्म महिलासँग सम्बन्धित कुनै पनि मन्त्रालयबारे घोषणा भएको छैन ।

तालिबानको शासनमा महिलाको भूमिका र अवस्था कस्तो होला भनेर धेरैले चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।

तालिबानको पछिल्लो शासनमा महिलामाथि अति क्रुर र भेदभावपूर्ण व्यवहार गरिएको थियो । उनीहरु विद्यालयसमेत जान वञ्चित थिए । यद्यपि, तालिबानले यसपटक भने आफू फेरिएको बताउने गरेको छ । महिलासँग काँधमा काँध मिलाएर अघि बढ्ने बताउने गरेको तालिबानले महिलालाई उच्च ओहदा भने नदिइने स्पष्ट पारिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप