शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलहिया नाकामा  पर्यटकसँग घुस लिने प्रहरीसहित २ जना पक्राउ

मङ्गलबार, ०५ असोज २०७८, १३ : ३०
मङ्गलबार, ०५ असोज २०७८

रुपन्देहीको बेलहिया नाकामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्यटकसँग सीमा पार गराउने नाममा घुस लिएको आरोपमा बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानलाई पक्राउ गरेको हो । 

गुजरात ट्राभल्स मार्फत  भारतबाट काठमाडौँमा पशुपतिनाथ मन्दिर जान नेपाल आएका ८ जना पर्यटकको समूहलाई सीमा बन्द भएकोले ट्राभल्सका कर्मचारी सन्तोष देवले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रति व्यक्ति ५ सय भारु माग गरेका थिए। त्यसपछि पर्यटकहरूले ४ हजार भारु बुझाएर नेपाल प्रवेश गरेका  खुलेको छ ।

घटनाबारे प्रहरीमा खबर पुगेपछि गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता र बेलहिया ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लक्की चन्द्र लोहारलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप