शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मसला उद्योगको ‘नक्कली ट्रेडमार्क’ बनाएको आरोपमा एक जना पक्राउ

मङ्गलबार, ०५ असोज २०७८, १३ : ५३
मङ्गलबार, ०५ असोज २०७८

मसला उद्योगको ‘नक्कली ट्रेडमार्क’ बनाएको आरोपमा प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाबाट एकजना लाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–८ घर भएका ३० वर्षीय रोहित शाह कानुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।

शाहले धेरै नाफा कमाउन ‘चाटकर बिएमपी स्पाइसिज’ उद्योगको नक्कली ट्रेडमार्क बनाएर आफूले उत्पादन गरेको मसलाको प्याकेटमा टाँसेर बेचेको आरोप छ । वीरगञ्जमा शाहको अन्नपूर्ण मसला उद्योग छ । ‘चाटकर बिएमपी स्पाइसिज’ नामक मसला उद्योग पनि वीरगञ्जमा सञ्चालित छ । सो उद्योगको ट्रेडमार्क र डिजाइनको प्रतिलिपि उत्पादन गरेको मसलाको प्याकेटमा टाँस भेटिएपछि प्रहरीले उनीविरुद्ध प्रतिलिपि अधिकार ऐन–२०५९ अनुसारको कसुरमा अनुसन्धान गरिरहेको छ ।

शाहले सञ्चालन गरेको अन्नपूर्ण मसला उद्योगबाट ‘चाटकर बिएमपी स्पाइसिज’को लेबल लगाएको ६५४ पोका मसाला र १० बोरा कच्चा सामग्री बरामद गरिएको छ । उद्योगबाट लेबलिङ गर्ने मेशिन पनि बरामद गरिएको डिएसपी खनालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप