शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जेलबाट निस्कँदा पत्रकारको भीड देखेर राज कुन्द्राको यस्तो हाउभाउ

मङ्गलबार, ०५ असोज २०७८, १३ : ५७
मङ्गलबार, ०५ असोज २०७८

पोर्नोग्राफी केसमा जेलमा दुई महिना बिताएपछि २१ सेप्टेम्बरमा राज कुन्द्रा जमानतमा रिहा भएका छन् । उनलाई ५० हजार भारुमा जमानतमा रिहा गरिएको हो । राज ६४ दिनपछि आफ्नो घर फिर्ता भएका छन् । उनलाई मुम्बईको अपराध शाखाले १० जुलाईमा पोर्नोग्राफी केसमा पक्राउ गरेको थियो ।राज कुन्द्र जेल बाहिर आएपछि उनलाई मिडियाले तत्काल घेरे । यतिबेला पत्रकारले राजलाई केही प्रश्न पनि सोधे तर उनले कुनै पनि प्रश्नको जवाफ दिएनन् । राज केही नबोलिकनै गाडीमा चढे ।

जमानतमा जेलबाट बाहिर निस्किएपछि राजको पहिलो तस्बिर सार्वजनिक भएको छ । यी तस्बिरमा राज कुन्द्राले मास्क लगाइरहेको देख्न सकिन्छ । यसका साथै उनले निधारमा टड्कारो देखिने रातो टिका पनि लगाएका छन् मिडियाको भीड आफ्नो वरिपरि देखेर राज कुन्द्रा तनावमा पनि देखिए । गाडीमा बसेपछि राजले कसैसँग कुरा गर्दै मिडियातर्फ हातले इशारा गरेर केही भनिरहेको पनि देखिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप