शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघद्वारा नवनिर्वाचित आईक्यान पार्षदहरूलाई सम्मान

मङ्गलबार, ०५ असोज २०७८, १४ : २१
मङ्गलबार, ०५ असोज २०७८

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले नवनिर्वाचित आईक्यान पार्षदहरूलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । संस्थाका नवनिर्वाचित पार्षदहरू तथा संविधान दिवस २०७८ को अवसरमा सरकारबाट विभूषण प्राप्त गर्ने संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मान गरेका हुन् । 

कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवा श्री पदकद्वारा विभूषित नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ तथा संस्थाका पूर्व अध्यक्ष नारायण बजाज (हाल देश बाहिर रहेको), नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका आजीवन सदस्य तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंलाई सम्मान गरीएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप