जबज अंशबण्डामा परिसकेको छ : दमननाथ ढुंगाना

person explore access_timeअसोज ५, २०७८ chat_bubble_outline0

 

पूर्व सभामुख दमननाथ ढुङ्गानाले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद अहिले अंशबण्डामा परेको बताएका छन् । मंगलबार काठमाडौमा श्वेतशार्दुल पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्व सभामुख ढुंगानले भने, ‘अहिले त जबज पनि अंशबण्डामा परेको छ । अंशबण्डमा कता पर्ने हो थाहा छैन ।’ उनले अहिले कम्युनिस्ट र काँग्रेस दुवै पार्टीमा विचारको सङ्कट आएको भन्दै मदन भण्डारीले प्रतिपादन गरेको जबजले कम्युनिस्ट पार्टीलाई व्यवहारमा रुपान्तरण गर्न सहयोग गरेको बताएका हुन् ।

उनले कम्युनिस्ट पार्टीहरू पावर सेयरिङ नगरी पावर कन्सन्टेशनमा लाग्दा टुक्रिने गरेको पनि बताए । ‘मदन भण्डारीले कसरी लचिलो भएर जबजको भरमा पार्टीलाई अघि बढाउनुभएको थियो ?’, एमाले अध्यक्ष केपी ओली समेत सहभागी कार्यक्रममा ढुङ्गानाले भने, ‘मदनले कम्युनिस्ट पार्टीलाई पनि बचाउनुभयो, कम्युनिस्ट आन्दोलनलाई पनि बचाउनुभयो । संसदीय व्यवस्थाभित्र पस्नुभयो र आफ्नो नेता मनमोहन अधिकारीलाई प्रमुख प्रतिपक्षको नेता बनाउनुभयो ।’

उनले मदनको जस्तै फेक्सिविलिटी आजको कम्युनिस्ट पार्टीमा चाहिएको भन्दै कम्युनिस्ट पार्टी र लोकतन्त्रमा नै चुनौती रहिरहने बताए । उनले संविधान कहिल्यै पनि पूर्ण नहुने भन्दै त्यसलाई संशोधनमार्फत पूर्ण बनाउन सकिने भएकाले त्यसतर्फ दलहरूले ध्यान पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।