तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको पहिलो केन्द्रीय समिति बैठक
मङ्गलबार, ०५ असोज २०७८, १५ : ०३
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक सुरु भएको छ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक विषयका साथै अन्य तीनवटा महत्वपूर्ण प्रस्तावहरू पेश र छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन पेश हुन्छन्, तिनै प्रतिवेदनमा केन्द्रीत भएर छलफल गर्ने योजना छ’, खतिवडाको भनाइ छ । साथै बैठकले नेताहरुको कार्यविभाजन, विभिन्न आयोगहरूलाई पूर्णता दिने सो पार्टीको तयारी छ । बैठकअघि पार्टी प्रवेश कार्यक्रमपनि राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा