सेयर बजार

उक्लियो नेप्से, बजेट कार्यान्वयनको आशाले लगानीकर्ता उत्साहित

person explore access_timeअसोज ५, २०७८ chat_bubble_outline0

 

सेयर बजार परिसूचक नेप्से अन्ततः १३.८३ अङ्कले बढेर २७ सय १२.०७ विन्दुमा अड्किन पुगेको छ । मंगलबार बजार खुलेदेखि नै निरन्तर ओरालो यात्रामा रहेको परिसूचक बजार बन्द हुने बेलासम्म बाउन्स ब्याक हुँदै नेप्सेले झण्डै १४ अङ्कको वृद्धि गरेको हो । 

यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत २.३६ अङ्कले वृद्धि हुँदै ५०८.६२ विन्दुमा उक्लिएको छ । यस दिन बैङ्किङ, होटल तथा पर्यटन, विकास बैङ्क, हाइड्रोपावर, जीवन तथा निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहहरु धनात्मक (पोजेटिभ) बन्दा व्यापार, फाइनान्स, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड समूह ऋणात्मक भएका छन् । 

यद्यपि, करिब १४ अङ्कले बढेको बजारमा ७ अर्बको मात्र कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज कुल २२३ कम्पनीको एक करोड ५३ लाख ६ हजार कित्ता सेयर बजारमा ९५ हजार ६४६ पटक किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ अर्बको कारोबार भएको हो । 

बजेट कार्यान्वयनको आशाले लगानीकर्ता उत्साहित

गत सोमबार अधिकतम ११४ अङ्कले घटेको बजारमा एकाएक दोस्रो दिन १३ अंकमाथिको सुधार आउनुले बजेटले काम गरेको बुझ्न सकिन्छ । किनकि गत सोमबार नै सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको परिमार्जित बजेट संसद्बाट पास गरेसँगै आम लगानीकर्ताहरू उत्साहित भएको देखिन्छ । संसद्बाट बजेट पास भएसँगै अब कार्यान्वयनमा आउने र सरकारी खर्च त्यसको लगानी नेप्सेमा समेत आउने देखिएकाले लगानीकर्ताहरू उत्साहित भएको बुझिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।