बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लिबियाको तटीय क्षेत्रबाट १३४ आप्रवासीको उद्धार

मङ्गलबार, ०५ असोज २०७८, १५ : ४२
मङ्गलबार, ०५ असोज २०७८

संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चआयोग (युएनएचसीआर) ले सोमबार १३४ अवैध आप्रवासीहरुलाई लिबियाको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरेको छ । “समुद्रमा रोकिएका १३४ जनालाइ हिजो राती अज्जाविया आयल रिफाइनरीबाट बचाईएको थियो,” ट्वीटरमार्फत यूएनएचसीआरले बताएको छ । 

लिबिया शरणार्थी र आप्रवासीहरुलाई फिर्ता गर्नको लागी एक सुरक्षित बन्दरगाह नभएको यूएनएचसीआरले जनाएको छ । आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठनकाअनुसार यस वर्ष अहिलेसम्म २४ हजार ४२० जना भन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरिएको  छ । 

उद्धार गरिएका ती आप्रवासीमा महिला र बालबालिका पनि रहेका जनाइएको छ । यद्यपी अन्य सयौंको मृत्यु हुनुको साथै लिबियाको तटीय क्षेत्रबाट बेपत्ता भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप