बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा बेरोजगारहरुको सङ्ख्यामा अत्यधिक वृद्धि

मङ्गलबार, ०५ असोज २०७८, १५ : ४६
मङ्गलबार, ०५ असोज २०७८

 अफगानिस्तानमा बेरोजगारहरुको सङ्ख्यामा अत्यधिक बृद्धि भएको पाइएको छ । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेर शासन सञ्चालन गर्न थालेपछि बेरोजगारहरुको सङ्ख्यामा बृद्धि भएको हो । 

त्यसैगरी रोजगारी भएकाहरुले पनि लामो समयदेखि मासिक तलव तथा अन्य सेवा सुविधाहरु नपाएको गुनासो गरेका छन् । अफ्गान सेनामा कार्यरत अक्रामुद्धीनले पछिल्लो सात महिनादेखि आफुले नियमित तलव नपाएको बताए । 
तालिवान विद्रोहीहरुले सत्ता कब्जा गर्नु अगाडीदेखि नै देशको ढुकुटीमा आर्थिक संकट परेकाले सेनाका कर्मचारीलाई समेत तलव पनि खुवाउन नसक्ने अवस्था आएको जनाइएको छ । 

तलव नपाउदाँ दैनिकी चलाउन नै समस्या पर्न थालेको अक्रामुद्धिनले जानकारी दिए ।  

शिक्षण पेशामा आवद्ध मोहम्मद नासिरले नौ जना सदस्य रहेको आफ्नो परिवार चलाउन धेरै गाह्रो भइसकेको गुनासो गरे । आम्दानी नभएकाले उपभोग्य सामग्रीहरु किन्न नसकिरहेका बेला सामानको मुख्य पनि बृद्धि भएको उपभोक्ताहरुले बताएका छन् । उनीहरले महंगी, बेरोजगारी, आर्थिक संकट तथा अभावका बारेमा चासो राख्दै आएका छन् । 
 
 अफगानिस्तानमा सरकार मातहतको निजामती सेवामा झण्डै ४३ हजार कर्मचारी कार्यरत रहेको तथ्याङ्क रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप