बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इसेवा मनि ट्रान्स्फरको फेस्टिभ अफरः घरायसी सामानदेखि स्कुटरसम्म जित्ने यस्तो छ अवसर

मङ्गलबार, ०५ असोज २०७८, १६ : ०८
मङ्गलबार, ०५ असोज २०७८

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स पठाउने व्यक्तिहरू मध्येबाट एकजना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टीभी तथा बम्पर उपहारमा एक जनाले होन्डाको डियो स्कुटर जित्न सक्नेछन् । 

यस योजनामा सहभागी हुन विश्वभर रहेका २ सय भन्दा बढी मुलुकबाट इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स पठाउनु पर्नेछ । यस्तै इसेवा मनिका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्क मार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ । 

यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप