बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सालको गोलिया बरामद

मङ्गलबार, ०५ असोज २०७८, १६ : ०९
मङ्गलबार, ०५ असोज २०७८

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले सालको गोलिया काठ बरामद गरेको छ । गस्तीका क्रममा चन्द्रपुर–५, चाँदी खोला नजिकै ३ वटा सालको गोलिया बरामद भएको प्रहरीले जनाएको छ ।

७/८ जना मिलेर जंगलबाट अवैध रुपमा सालको काँचो रुख काटेर गोलिया बनाई ३ वटा साईकलमा ल्याउँदै गरेको अवस्थामा ४ वटा गोलिया बरामद भएको प्रहरीको भनाइ छ । प्रहरी टोलीलाई देख्ना साथ साईकल र काठ छाडेर उनीहरु फरार भएको अवस्थामा जम्मा २५ क्यू फिट काठ बरामद गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर पठाईएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप