बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तुलसीपुर उपमहानगरपालिकाद्वारा छात्रालाई साइकल वितरण

मङ्गलबार, ०५ असोज २०७८, १६ : १४
मङ्गलबार, ०५ असोज २०७८

तुलसीपुर उपमहानगरपालिकाले छात्राहरूलाई ५० वटा साइकल वितरण गरेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरूको सशक्तीकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो । 

तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएनडिपीका नेपाल प्रतिनिधि आयशनी मेडागन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्ययनरत छात्रा शर्मिला नेपाली र तुलसीपुर मेट्रो कलेजमा कानुन विषयमा अध्ययनरत सरिता पुनलाई साइकल हस्तान्तरण गरेका हुन् । कार्यक्रममा यूएनडिपी प्रतिनिधि लाबेले विश्वमा किशोरी अघि बढेका देशहरु मात्रै समृद्धिको बाटोमा अघि बढेको बताउँदै प्रतिनिधि लाबेले सहयोग गर्ने अवसरमा दिएको उपमहानगरपालिकालाई धन्यवाद समेत दिए । 

सोही कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई साइकल सिटीका रुपमा विकास गर्ने  बताए । पर्यावरणलाई जोगाउनुका साथै साइकल सिटीको विकास गर्ने र किशोरीको शिक्षामा  पहुँच पु¥याउने उद्देश्यले उपमहानगरपालिकाले अघिल्लो वर्षदेखि किशोरीहरूलाई साइकल वितरण गर्दै आइरहेको छ । उपमहानगरपालिकाले अघिल्लो वर्ष महिला दिवसको अवसर पारेर एक सय बढी साइकल वितरण गरेको थियो । 

उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा ८ देखि १२ कक्षासम्म अध्ययन गर्ने  र घरदेखि स्कुलको दुरी आधा घन्टा बढी भएकालाई सम्बन्धित विद्यालयको सिफारिसमा साइकल वितरण गर्ने गरिएको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप