शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केबीसी १३ मा प्रतियोगीले अमिताभ बच्चनसँग गरिन् ‘फ्लर्ट’, अभिनेताले भने, ‘बन्द गरिदिनुस् शो’

मङ्गलबार, ०५ असोज २०७८, १६ : २९
मङ्गलबार, ०५ असोज २०७८

टिभीको दुनियाँमा आजकाल महानायक अमिताभ बच्चनको शो कौन बनेगा करोडपति १३ छाएको छ । शोमा हट शीटमा बसेका प्रतियोगी अमिताभ बच्चनसँग आफ्नो फ्यान मोमेन्टमा रमाउन कुनै मौका छोड्दैनन् । कुनै खेल खेल्ने वा अमितिाभ बच्चनसँग आफ्नो जीवनका भित्री कुरा खोल्नुका साथै थुप्रैले उनीसँग मस्ती गरिरहेको पनि देख्न सकिन्छ । अब शोको नयाँ प्रोमो भिडियोमा एक प्रतियोगी अमिताभ बच्चनसँग फ्लर्ट गरिरहेको देखिएकी छिन् ।

प्रतियोगीले अमिताभसँग गरिन् फ्लर्टः

शोको नयाँ प्रोमो भिडियोमा अमिताभ बच्चन शोकी प्रतियोगी नम्रता शाहसँग चिया खान जानका लागि निर्मातालाई कार्यक्रम केही बेरका लागि बन्द गरिदिन पनि भनिरहेका छन् । प्रोमो भिडियोमा अमिताभ बच्चनले प्रतियोगी नम्रता शाहको तारिफ गरिरहेको देख्न सकिन्छ । अमिताभले भन्छन्, ‘तपाईं असाध्यै राम्री देखिनु भएको छ । तपाईंले आफ्नो घाँटीमा लगाउनुभएको असाध्यै सुन्दर छ ।

त्यसपछि प्रतियोगी अमिताभ बच्चनसँग फ्लर्ट गर्दै भन्छन्, ‘सर, के म तपाईंलाई अमित जी भनेर बोलाउन सक्छु ।’ त्यसपछि अमिताभ भन्छन्, ‘तपाईं मलाई अमित मात्रै भन्नुहोस् ।’ त्यसपछि अमिताभ बच्चनले ठट्टा गर्दै भन्छन्, ‘निर्माता जी यो कार्यक्रम बन्द गर्नुहोस् । मलाई नम्रता जीसँग चिया पिउन जानु छ । ’

कार्यक्रमको अर्को प्रोमो भिडियोमा नम्रता कलंक फिल्मको गीतमा नाचिरहेको पनि देख्न सकिन्छ । नम्रताको डान्स देखेर अमिताभ बच्चनले उनलाई भन्छन्, ‘यतिपटक घुमेर पनि रिँगटा लागेन भन्या ?’ यसबारे नम्रताले अमिताभलाई भन्छिन्, ‘नजर एकै ठाउँमा टिकिरह्यो भने रिँगटा लाग्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप