शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टरनेट सेवा प्रदायकलाई क्यान महासंघको साथ, विद्युत् प्राधिकरणलाई चेतावनी

मङ्गलबार, ०५ असोज २०७८, १६ : ५७
मङ्गलबार, ०५ असोज २०७८

कम्प्युटर एशोसिएशन नेपाल महासंघ इन्टरनेट सेवा प्रदायक संघको साथमा उभिएको छ । विद्युत् प्राधिकरणले पोल भाडा बढाउने निर्णय गरेसँगै इन्टरनेटको मूल्य मासिक ३०० सम्म बढ्ने भएपछि क्यान महासंघ सेवाप्रदायकतर्फ लागेको हो ।

आज एक विज्ञप्ती निकाल्दै महासंघले विद्युत् प्राधिकरणलाई चेतावनी समेत दिएको छ । महासंघ र सेवाप्रदायकले संयुक्तरुपमा विगतमा इन्टरनेटको भाडा नबढ्ने गरी करका दर समीक्षा गर्न माग गरेपछि बेवास्ता भएको महासंघको भनाई छ ।

इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन करको दरलाई समीक्षा गर्नुपर्नेमा सरकारी निकाय नै मूल्य बढाउनतर्फ लागेको देखिएको महासंघले दाबी गरेको छ । भनिएको छ, ‘सरकारी निकायकै गतिविधिका कारण पूर्वाधारको लागत बढ्न गइ इन्टरनेटको शुल्क बढ्नु सुखद हुँदैन ।’

विद्युत् प्राधिकरणले पोल भाडा नघटाउने भएपछि इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले प्रतिमहिना १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म मूल्य बढाउने प्रस्ताव दूरसञ्चार प्राधिकरणमा पठाइसकेका छन् । उनीहरूले शहरी क्षेत्रमा प्रतिमहिना १०० र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँसम्म मूल्य बढ्ने प्रस्ताव सेवा प्रदायकको छ । सोही कारण, प्राधिकरणले पोलको भाडा घटाउनुपर्ने र इन्टरनेटको शुल्क बढ्नबाट रोक्नुपर्ने महासंघले विज्ञप्तिमार्फत बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप