बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१ हजार ३३० जना संक्रमित थपिए, ५ जनाको मृत्यु

मङ्गलबार, ०५ असोज २०७८, १७ : १५
मङ्गलबार, ०५ असोज २०७८

मंगलबार देशभर थप १ हजार ३३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ६२२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ३६ र एन्टिजेन विधिबाट २९४ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ८६ हजार ५७७ जना र एन्टिजेन विधिबाट ८९ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको छ । 

हाल नेपालमा २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसन, १ हजार ३६० जना संस्थागत आइसोलेसनमा ३३५ जना आईसीयूमा तथा १०७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८३० जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ५४ हजार निको भइसकेका छन् । नेपालमा निको हुने दर ९५.९ प्रतिशत रहेको छ । यही अवधिमा थप ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म ११ हजार ५३ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु दर १.४ प्रतिशत रहेको छ ।

यता, थप ५५ हजार २४२ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । योसँगै पूर्ण खोप लगाउनेको संख्या ५६ लाख २८ हजार ७९२ पुगेको छ । पहिलो मात्रा खोप लगाउनेको संख्या ६२ लाख ३० हजार ८२३ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप