मराठी नायिका ईश्वरीको कार दुर्घटनामा निधन

person explore access_timeअसोज ५, २०७८ chat_bubble_outline0

भारतको पुणेमा बस्ने मराठी नायिका ईश्वरी देशपाण्डे र उनका साथी शुभम डेगेको गोवामा गहिरो पानीमा डुबेका कारण निधन भएको छ । प्रहरीले दुबैको शव सोमबार उत्तरी गोवाको अरपोरा इलाकामा गहिरो पानीमा डुबेको कारभित्र भेटेको थियो । ईश्वरीको कपहिलो मराठी फिल्म रिलिज हुने तयारीमा थियो ।

२५ वर्षीय नायिका तथा उनका २८ वर्षीय साथी शुभम डेगेको मृत्युको विषयमा गोवा प्रहरीले यी दुई चढेको कार तीब्र गतिमा भएको र यो अनियन्त्रित भएपछि पानीमा खसेको जानकारी दिए । कार कसले चलाइरहेका थिए भनेर यकिन जानकारी पाउन नसकिएको पनि प्रहरीले बताएको छ । सेन्ट्रल लक लगाइएका कारण यी दुबै कारबाट बाहिर निस्कन नपाएको र बेलुका करिब ७ बजे उद्धारकार्य सुरु भएको थियो । रातभरी चलेको अभियानपछि मंगलबार बिहान मात्रै उनीहरुको शव निकाल्न सकिएको थियो ।

इश्वरी देशपान्डे एक हिन्दी र एक मराठी फिल्ममा काम गरिरहेकी थिइन् । मराठी फिल्मको सुटिङ लगभग पूरा भइसकेको थियो र ती चाँडै नै रिलिज हुने तयारीमा थियो ।

कुनै क्लबमा गएको आशंकाः

दुबैको हातमा रिस्टब्यान्ड भेटिएको थियो । दुर्घटनाको अघिल्लो रात उनीहरु कुनै क्लबमा गएको हुनसक्ने पनि आशंका गरिएको छ ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।