मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा ११२ जनामा कोरोना सङ्क्रमण पुष्टि,थप ३ जनाको मृत्यु

मङ्गलबार, ०५ असोज २०७८, १८ : ५१
मङ्गलबार, ०५ असोज २०७८

गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७७१ जनाको नमुना परीक्षण गरिएकामा ११२ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ६३ महिला र ४९ जना पुरुष रहेका छन् ।

प्रदेशका ४ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ६६, बागलुङ ३, स्याङ्जा २२, गोरखा ८,लमजुङ १, तनहुँ ६ र नवलपरासी पूर्वमा ६ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८४ हजार ५८८ पुगेको छ । 

मंगलबार प्रदेशका ११ जिल्ला मध्ये ७ वटा जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ भने ४ वटा जिल्लामा सङ्क्रमित भेटिएका छैनन् ।  गण्डकीमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा पोखरा–३२ का ४४ वर्षीय पुरुष,कास्कीको रुपा गाउँपालिका–५ का ८३ वर्षीय पुरुष र पर्वत महाशिला गाउँपालिका–५ का ६९ वर्षीय पुरुष रहेका छन्। योसँगै गण्डकीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३४९ पुगेको छ । 

प्रदेशमा पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८१ हजार ९३५ पुगेको छ ।  त्यसै गरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३०४ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप