शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वाणिज्य बैङ्कहरूको निक्षेप बढेर ४१ खर्ब ७१ अर्ब पुग्यो, कर्जा लगानीमा पनि वृद्धि

मङ्गलबार, ०५ असोज २०७८, १९ : ०६
मङ्गलबार, ०५ असोज २०७८

अघिल्लो साताको तुलनामा यस साता वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन ह्वातै बढेको छ । नेपाल बैंकर्स संघले मंगलबार जारी गरेको साप्ताहिक रिपोर्ट अनुसार गत भदौ ३१ गतेसम्म बैङ्कहरूको निक्षेप बढेर ४१ खर्ब ७१ अर्ब पुगेको हो । 

समीक्षा अवधिमा (भदौ २५ देखि ३१ गतेसम्म) बैङ्कहरूको निक्षेप २६ अर्ब बढेको छ । जबकि अघिल्लो साता भदौ २५ गतेसम्म बैङ्कहरूको यस्तो निक्षेप सङ्कलन ४१ खर्ब ४५ अर्ब रहेको थियो । यस्तै, यता कर्जा लगानी तर्फ समेत समीक्षा अवधिमा २८ अर्बले वृद्धि भएको बैंकर्स संघले जनाएको छ । गत भदौ २५ सम्म बैङ्कहरूको कर्जा लगानी ३८ खर्ब ४४ अर्ब रहेकोमा ३१ गतेसम्म यस्तो लगानी बढेर ३८ खर्ब ७२ अर्ब पुगेको हो । 

अघिल्ला सातासम्म बैङ्कमा निक्षेप कम आएर कर्जाको माग बढ्दा बैङ्कहरू तरलता (लगानी योग्य रकम) को तनावमा थिए । तर, पछिल्लो साता निक्षेप सङ्कलनमा उल्लेखनीय सुधार आएसँगै बैङ्कहरूलाई केही सहजता मिलेको छ । 

त्यसो त निक्षेप सङ्कलन वृद्धिकै दबाबमा रहेका बैङ्कहरूले गत असोज १ गतेदेखि निक्षेप लगानीकर्ताहरू आकर्षित गर्ने गरी ब्याजदर प्रस्ताव गरेका छन् । यसले थप बैङ्कहरूको निक्षेप बढ्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप