बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारत, चीन र अमेरिकाबाट नेपालका राजदूत फिर्ता

को को परे पँजनीमा ? हेर्नुहोस् सूची
मङ्गलबार, ०५ असोज २०७८, १९ : २३
मङ्गलबार, ०५ असोज २०७८

सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

राजनीतिक नियुक्तिबाट बंगलादेश, चीन, भारत, अमेरिका, बेलायत, इजरायल, दक्षिण अफ्रिका, कतार, स्पेन, मलेसिया र ओमानमा राजदूतहरू नियुक्त भएका थिए । मन्त्रिपरिषद्को नियुक्तिसँगै उनीहरू अब स्वदेश फिर्ता हुनुपर्ने भएको छ । यसअघि सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यससँगै नेपालका २२ देशमा राजदूत पद खाली भएका छन् ।

पूर्णबहादुर खड्का नेतृत्वकाे कार्यदलकाे सुझाव अनुसार ओली सरकारले नियुक्त गरेका राजदुत फिर्ता बाेलाइएकाे हाे । स्रोतले रातोपाटीसँग भन्यो, 'जापानकी राजदूत प्रतिभा राणाबारे भने कुनै निर्णय भएकाे छैन, उहाँलाई ​ ओली सरकारले नियुक्त गरेकाे हाेइन ।'

 यी हुन् पजनीमा परेका राजदूतहरू :

१. वंशीधर मिश्र, बंगलादेश
२. महेन्द्र बहादुर पाण्डे, चीन
३. निलाम्बर आचार्य, भारत
४. युवराज खतिवडा, अमेरिका
५. सर्मिला पराजुली ढकाल, ओमान
६. नारदनाथ भारद्वाज, कतार
७. दावा फुटी शेर्पा, स्पेन
८. निर्मलकुमार विश्वकर्मा, दक्षिण अफ्रिका
९. उदयराज पाण्डे, मलेसिया
१०. अन्जन शाक्य, इजरायल
११. लोकदर्शन रेग्मी, बेलायत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप