मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको राजनीतिक प्रस्ताव : चुनावसम्म गठबन्धन (पूर्णपाठ)

मङ्गलबार, ०५ असोज २०७८, १९ : ५४
मङ्गलबार, ०५ असोज २०७८

 

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक काठमाडौंमा मंगलबारदेखि शुरु भएको छ । बैठकमा १२ पृष्ठको संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष माधवकुमार नेपालले अहिलेको वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी चुनाबसम्म लानुपर्ने बताएका छन् ।

अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ,‘ अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तिमा पनि वर्तमान प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो ।’

एमाले अध्यक्ष केपी ओलीको गफाडी प्रवृत्तिका कारण मुलुकको राजनीतिक स्थिरता खल्बलिएको नेता नेपालको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,– ‘दुई पार्टीको सहमतिका आधारमा मुलुकको प्रधानमन्त्री बन्न पुगेका केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहंकारी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो ।’

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप