शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टीभीएस दशैं एक्सचेञ्ज मेला मात्र १ दिन बाँकी

मङ्गलबार, ०५ असोज २०७८, १९ : ५९
मङ्गलबार, ०५ असोज २०७८

काठमाडौं । नेपालको लागि टीभीएस टू–ह्वीलर्सको आधिका रिक वितरक जगदम्बा मोटर्सले असोज १ बाट संचालन गरेको ‘टीभीएस ग्राण्ड दसैँ एक्सचेञ्ज मेला’ १ दिन मात्रै बाँकी छ ।

एक्सचेञ्ज मेलामा उपहारका साथ ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्ने छन्।

यस एक्सचेञ्ज मेला अन्तर्गत ग्राहकले कुनैपनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १० हजारसम्म मूल्याङ्कन पाउने छन् । त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाख सम्म र किनिसके पछि १० लाखसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

सवारी किन्न इच्छुक ग्राहकले tvsnepal.com/Dashain मा जानुपर्ने हुन्छ। यसैगरी  ० प्रतिशत ब्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाहनेका लागि समेत उत्साहजनक रहेको छ। यस अफरमा प्रि–बुकिङ गरे मात्र पनि ग्राहकहरुको लागि २ हजार बराबरको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यस योजनाको मूख्य आकर्षण आइएमई अफर पनि रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप