इन्द्रजात्राको रौनक : श्वेत भैरवको प्रसाद खान महिलाहरूको भीड, तस्बिरमा हेर्नुहाेस्
मङ्गलबार, ०५ असोज २०७८, २१ : १९
उपत्यकामा एक साता मनाइने इन्द्रजात्राको अवसरमा एक दिन बसन्तपुरमा महिलाहरुले श्वेत भैरवको मुखबाट प्रसाद ग्रहण गर्छन् । हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि सुरु भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विषेश मानिन्छ । जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँड र समयबजी खुवाइने प्रचलन छ ।

यसअघि भैरवको मुखबाट निस्किने जाँड पहिले पुरुषले मात्र खान्थे । अहिले महिलाका लागि छुट्टै दिन तोकिएको छ । त्यसैले मंगलबार श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाहरुको ठूलै भीड लागेको थियो । प्रसाद खान चाहनेहरु लाइन लाग्नुपर्छ । प्रसाद रातको समय खुवाइन्छ । आइतबार राति पनि प्रसाद खान सयौं महिला हनुमानढोकामा उपस्थित भएका थिए । श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिएको थियो । यसलाई नेपालभाषामा हाथु हायेकिगु भनिन्छ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण