सप्तरीमा दुई बालिकासहित तीनको डुबेर मृत्यु

सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियास्थित नहरमा डुबेर एक बालिकाको ज्यान गएको छ । स्थानीय भतो मन्सुरीकी १२ वर्षीया छोरी सबना खातुनको नहरमा कपडा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको खडक नगरपालिका–८ मुसहरनिया बस्ने राजेशकुमार चौधरीको अन्दाजी तीन वर्षीया छोरी एलिजाकुमारी चौधरीको आफ्नै घर नजिक पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । घरदेखि पाँच मिटर पश्चिमपट्टि रहेको आफ्नै पोखरीमा नुहाउने क्रममा उनी डुबेका थिइन् ।
निजको आफ्नै काका रामकुमार चौधरीले पोखरीमा डुबेको देखेपछि स्थानीयवासीको सहयोगमा उपचारका लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाँदा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सप्तरी महादेवा गाउँपालिका–४ परसाही टोलमा समेत सार्वजनिक पोखरीमा बस्ने अमृत सदाको ३० वर्षीया छोरी लक्षनकुमारी सदाको डुबेर मृत्यु भएको छ । पोखरीमा भाडा मस्काउन जाँदा छारे रोग भई पानी देखी अचानक लडेपछि उनी डुबेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा