सुर्खेत र डोल्पामा काँग्रेस वडा अधिवेशन अनिश्चित

person explore access_timeअसोज ५, २०७८ chat_bubble_outline0

सदस्यता विवाद टुङ्गो लाग्न नसक्दा सुर्खेत र डोल्पामा नेपाली काँग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । कर्णालीका १० जिल्लामध्ये यी दुईबाहेक सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।  डोल्पामा राप्रपा र सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद छ ।

काँग्रेसका सुर्खेत जिल्ला सभापति कमलराज रेग्मीले पार्टी केन्द्रले अखण्ड नेपालबाट आएका १९९ लाई सदस्यता दिने परिपत्र पठाएपछि आफूहरुले असहमति जनाएको बताए । “आज १३ जिल्लामा वडा अधिवेशन भइरहेको छ, तर सुर्खेतमा कहिले गर्ने ? केही टुङ्गो छैन”, उहाँले भने, “क्रियाशील सदस्यताको विवाद टुङ्गिएको छैन, केन्द्रले निर्वाचन अधिकृत पनि पठाएको छैन ।” सुर्खेतका कतिपय वडामा उम्मेदवारी घोषणासँगै अधिवेशनको माहौल शुरु भए पनि पार्टी केन्द्रले सदस्यता विवाद समाधान गर्न ढिलाइ गर्दा कार्यकर्तामा अन्योलता बढेको छ । 

सुर्खेतमा ९९ र डोल्पामा ६५ वडा छन् । डोल्पामा राप्रपाबाट समायोजन भई पार्टी केन्द्रीय सदस्य रहेका कर्ण बुढाले सदस्यता विवादकै कारण वडा अधिवेशन अनिश्चित भएको बताए । केन्द्रीय सदस्य बुढाले एकलौटी सदस्यता वितरण गरेको भन्दै त्यहाँको जिल्ला नेतृत्वले असहमति जनाउँदै आएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।