शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अग्निपथ’ मा काम गरेका रेशम आर्थिक समस्यामा

बुधबार, ०६ असोज २०७८, ०६ : २२
बुधबार, ०६ असोज २०७८

कुनै जमानाको चर्चित फिल्म ‘अग्निपथ’ मा काम गरेका अभिनेता रेशम अरोडा अहिले आर्थिक समस्याबाट गुज्रिरहेका छन् । ७१ वर्षका यी कलाकारले अहिले कुनै काम पाइरहेका छैनन्, काम खोज्नका लागि आफू दैनिक रूपमा धाइरहेको पनि उनले बताएका छन् । यी कलाकारले एक अन्तर्वार्तामा आफ्नो आर्थिक अवस्थाबारे बोलेका हुन् । अरोडाका अनुसार गत वर्ष कोरोनाका कारण लकडाउन भएयता नै उनले कुनै काम पाइरहेका छैनन् । 

तर, आर्थिक समस्या विकराल भएकाले उनलाई कामको तत्कालै खाँचो छ । ‘केही वर्ष पहिले रेलबाट झरेँ र त्यसको केहीपछि अश्विनी धीरको शोको सेटमा एउटा अचम्मको किराले मलाई टोक्यो । यस कारण, केही समय म हिँडडुल गर्न नसक्ने भएँ । जब मेरी श्रीमतीको आँखा कमजोर हुन थाल्यो, तब मेरो कठिन समय सुरु भयो, मलाई कामको निकै आवश्यकता छ,’ अरोडाले भने । 

फिल्म अग्निपथमा उनले ती डाक्टरको भूमिका निर्वाह गरेका छन्, जसले मिथुन चक्रावर्तीको उपचार गर्छन् । त्यसैगरी फिल्म खुदा गवाहमा यी कलाकारले जेलरको भूमिका निभाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप