ad
x

हप्ता दिनमै विकास बैंकहरुको कर्जा लगानी दोब्बरले बढ्यो

person explore access_timeअसोज ६, २०७८ chat_bubble_outline0

पछिल्लो साता विकास बैंकहरुमा कर्जा मागको दर ह्वात्तै बढेको छ । अघिल्लो साताको तुलनामा यससाता बैंकहरुको कर्जा लगानी करिब दोब्बर बढीले वृद्धि भएको हो ।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार गत भदौ २६ गतेदेखि असोज १ गतेसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरुको कर्जा लगानी ५ अर्ब ३९ करोडले बढेर तीन खर्ब ७४ अर्ब १९ करोड पुगेको हो । 


जबकि गत हप्ता बैंकहरुले जम्मा २ अर्ब ८९ करोड मात्र कर्जा लगानी गरेका थिए । एसोसिएसनका अनुसार यस्तो कर्जा लगानी बैंकहरुले गत हप्तासम्म कुल तीन खर्ब ६८ अर्ब ८० करोड गरेका थिए । यस्तै, यता निक्षेप संकलनको दर समेत गत हप्ताको तुलनामा यस हप्ता ०.५९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १९ अर्ब ८४ करोड पुगेको एसोसिएसनले जनाएको छ । 



गत हप्तासम्म कुल ४ खर्ब १७ अर्ब ३८ करोड निक्षेप संकलन गरेका बैंकहरुले यस हप्ता दुई अर्ब ४८ करोडले निक्षेप वृद्धि गर्दै ४ खर्ब १९ अर्ब ८४ करोड पुर्याएका हुन् ।  यस्तै, अन्य क्षेत्रीय विकास बैंकहरुले समेत समीक्षा अवधिमा सामान्य रुपमा निक्षेप तथा कर्जा लगानी वृद्धि गरेको एसोसिएसनले जनाएको छ ।  











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।