बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यतीको माउन्टेन फ्लाइट पुनः सुचारु, यस्तो छ भाडादर

बुधबार, ०६ असोज २०७८, १२ : ५५
बुधबार, ०६ असोज २०७८

काठमाडौं । यती एयरलाइन्सको माउन्टेन फ्लाइट पुनः सुचारु हुने भएको छ । एयरलाइन्सले दोश्रो लकडाउन पछि रोकिएको माउन्टेन फ्लाइट असोज १० गतेदेखि पुनः सुचारु हुने भएको हो ।

मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

प्रत्येक आइतबार एक उडान गर्ने गरि बुकिङ खुल्ला गरिएको पनि बर्तौलाले जनाए । प्रत्येक आइतबारका लागि एटीआर–७२ विमान मार्फत एउटा माउन्टेन फ्लाइट हुने तालिका तय गरिएको र यात्रुहरूको माग बमोजिम बिस्तारै उडान संख्या थप गर्दै जाने नीति लिएकाे उनले बताए ।

हालका लागि नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाई बराबरको ८,८४८ सम्मको आकर्षक भाडादरमा उडानको टिकट खरिद गर्न पाइने  पनि यतीले जनाएको छ । बिदेशी नागरिकका लागि भने १३ हजार २ सय ७५ भाडादर कायम गरिएको बर्तौलाले जानकारी दिए । 

नेपाली यात्रुहरू तथा आवासीय बिदेशी नागरिकका लागि छुट्टाछुट्टै प्याकेज ल्याएको यतीले २ वटा टिकटका लागि ९ हजार ८ सय ४८  र १४ हजार ७ सय ७५ भाडादर तोकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप