मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल दिगो बैंकिङ्गः महिला उद्यमशिलताको विकास तथा वित्तीय पहुँचमा जोड

बुधबार, ०६ असोज २०७८, १३ : ३४
बुधबार, ०६ असोज २०७८

काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ–वुमन लिडरसिप फोरमले महिला उद्यमीहरुको लागि नबिल दिगो बैंकिङ्ग र साना तथा मझौला कर्जा विषयमा छलफल गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशिलताको लागि चालेका कदमहरू र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो ।
 
कार्यक्रममा सीएनआई–डब्लुएलएफ संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ्ग तथा अन्य महिला केन्द्रित पहलहरूको प्रशंसा गर्दै महिलाको सामाजिक रुपान्तरणमा योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

साथै उनले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव दिएकी थिइन् । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ्ग मार्फत बैंकले उद्यमशीलताका विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पुर्याएर उद्यमीहरुको सिर्जना गरि दिगो विकासमा टेवा पुर्याउने लक्ष्य लिएको बताए ।

कार्यक्रममा सीएनआई–डब्लुएलएफका सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङ्गलाई सबै महिलाहरूमा पुर्याउन सहयोग गर्ने र आउदा दिनमा यसलाई अझ बढाउदै लगिने बताए । नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङ्गको सुरुवात गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप