शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१० नेपालीले पाए अमेरिकामा अवार्ड

बुधबार, ०६ असोज २०७८, १३ : ५०
बुधबार, ०६ असोज २०७८

अमेरिकामा एक कार्यक्रममा १० नेपालीले विभिन्न १५ विधामा अवार्ड पाएका छन् । अमेरिकाको लसभेगसमा आयोजित कार्यक्रममा करिब ५ हजार बिमा अभिकर्ताहरुका बीच फरक विधामा १० नेपालीले अवार्ड पाएका हुन् । बिमा क्षेत्रमा कार्यरत संस्था प्रिमियर फिनान्स एलायन्सको वार्षिक भेलामा उक्त अवार्ड प्रदान गरिएको थियो । बिमाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाले अवार्ड दिएको बताइएको छ । 

अवार्ड पाउनेमा पाउनेहरू विभिन्न राज्यका छन् । नेपाली समुदायबाट अवार्ड पाउनेमा गगन केसी, गुञ्जन भण्डारी, ओम आचार्य, अनुभव गिरी, मनोज तुलाधर, सुरेश प्रधान, डोवा ढकाल, टिका आग्दाम्वे, कर्ण बोगटी र प्रकाश निरौला छन् । 

फरक–फरक २० विधामा १५० बढीले अवार्ड पाएका छन् । अमेरिकामा नेपालीको मृत्यु हुँदा समेतमा गो फण्ड खोल्नुभन्दा थोरै प्रिमियम तिरेर परिवारका लागि सहज बनाउनु उत्तम हुने र सोही कुरा समुदायमा बुझाउन सकेको हुनाले अवार्ड प्राप्त गर्न सफल भएको गगन केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप