शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनेसास कविता महोत्सवका लागि ३५ जना कविहरूको नाम छनोट

बुधबार, ०६ असोज २०७८, १३ : ५४
बुधबार, ०६ असोज २०७८

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बिहीबार गर्न लागेको कविता महोत्सवका लागि ३५ जना कविहरूको नामावली प्रकाशित गरेको छ । प्रथम एकजना, द्वितीय एकजना,  तृतीय  तीनजना र थप तीसजना कविहरूसहित जम्मा ३५ कविहरूले  कार्यक्रममा कविता वाचन गर्ने छन् ।

अ​नेसासले प्रत्येक वर्ष प्रतियोगितात्मक कविता महोत्सवको आयोजना गर्ने घोषणासहित पहिलो पटक गर्न लागेको यो कविता महोत्सवमा विश्वभरका तीन सय एक कविले सहभागिता जनाएका छन् । ती मध्ये तीनजना निर्णायकको मतको आधारमा ३५ जना वाचनका लागि छनोट भएका हुन् ।

महोत्सवलाई निष्पक्ष र पारदर्शी बनाउन तीनजना  निर्णायकलाई जिम्मा दिइएको बताउँदै अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले भने- उहाँहरूबाट छुट्टाछुट्टै रूपले आएको नम्बर जोडेर निर्णय गरेका छौँ । यसका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा महासचिव सर्वज्ञ वाग्ले र सदस्यहरू  डा. रेणुका सोलु, प्रमोद सारङ्ग , महेश्वर शर्मा सदस्य रहेको समितिले संयोजनको काम गरेको उनले बताए ।

पुरस्कृत प्रथम, द्वितीय र तृतीय कविहरूले क्रमशः पाँचसय, तीन सय र दुई-दुई- दुई सय अमेरिकी डलर नगद र प्रमाण‍-पत्र प्राप्त गर्नेछन् । कार्यक्रम सेप्टेम्बर २३ बिहीबारका दिन माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसरमा नेपाली समय साँझ ६.४५ बजे जुम प्रविधि मार्फत गरिने छ ।

कविता वाचनका लागि छनोट ३५ ‌‍जना कविहरू:
१.अग्नि  पराजुली (चिताहरू कहिले उठ्लान्?) अमेरिका
२. आनन्द अधिकारी (समय अवधि)- जापान
३. केशव भण्डारी (देश छाड्नु अघि)- नेपाल
४. केशव शर्मा  (नलेखिएको कविता)-अस्ट्रेलिया
५. के:बी पारखी (फर्केर आउनेछु प्रिय) - जापान
६. केशवराज ज्ञवाली (नुनको भूगोल) - अमेरिका
७.कोमलप्रसाद भट्ट (माधुर्यका माधव)- अमेरिका
८. गणेश खड्का (आप्रवासी आर्तनाद)- अफ्रिका
९.टीका आत्रेय  (जीवनकुण्ड) -नेपाल
१०. डिआर न्यौपाने सूर्य (परदेश हुनु) - कोरिया
११. दीपेन्द्र के.सी (आत्माघाती उडानविरुद्ध !!)- बेल्जियम
१२. नवीन अभिलाषी (अन्तिम उज्यालोतिर)-‍ नेपाल
१३. नारायण अधिकारी (आरुका बोटमा अक्षरका फूलहरू)-अमेरिका
१४. निरज दाहाल (देशको खबर)- नेपाल
१५. निर्दोष शिव (मातृभूमि यादमा )- दक्षिण कोरिया
१६. निशान निष्कर्ष (आदिम आवाज)- नेपाल
१७. पद्मा लिंखा मगर (नारी)- अमेरिका
१८. प्रकाश पाण्डे (श्रद्धा  माधवमा)-अमेरिका
१९. भावकेशर बराल (मौनता)- नेपाल
२०. मञ्जुल मितेरी-(सुदूर सीमारेखाबाट)- जापान
२१. मीरा काफ्ले (चिनारी मेरो )- नेपाल
२२. युवराज भट्टराई (भावनाको सिमाना)- क्यानाडा
२३. रविन शर्मा (लडाईमा लाहुरेको गीत)- जापान
२४. रश्मी भट्ट (जीवन्त छौ हे कवि)- अमेरिका
२५.रुपक अधिकारी (उ त्यहीँ मुल्कोमै थियो मेरो घर  )- नेपाल
२६. वन्दना भट्टराई (रहर)- नेपाल
२७. विन्दा पराजुली बराल (नयनमा देशको मानचित्र)  - जापान
२८. सविना रेग्मी (विभेदको जड) -  जापान
२९.सुशिला निनाम (सूत्रहरूको खोजी) नेपाल
३०. सुवास संगम राई (माटोको उच्चाई)- नेपाल
३१. स्पन्दन विनोद (राष्ट्रकविप्रति भावाञ्जली)- पोर्चुगल
३२. शरद पोखरेल (एउटा चराको सूसाइड नोट)- जापान
३३.शारदा पौडेल " निशा" (फूल अनि वेश्या)- स्पेन
३४. शिखर दुलाल (पन्नाहरू) -अमेरिका
३५.शुभचन्द्र राई(बाटो)-नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप