शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खड्काले लिए मन्त्री पदकाे शपथ

बुधबार, ०६ असोज २०७८, १४ : ०२
बुधबार, ०६ असोज २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनियताको सपथ खुवाएकी छन् । शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाको उपस्थिति रहेको थियो ।  

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार खड्काले परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप