शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भेडियामा इलाका प्रहरी कार्यालय भवनको उद्घाटन

बुधबार, ०६ असोज २०७८, १४ : १६
बुधबार, ०६ असोज २०७८

दुई नम्बर प्रदेशका  आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका छन् । मन्त्री साहले सप्तरीको भेडियामा नवनिर्मित इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेशको सुरक्षाको जिम्मेवारी सरकारको रहेको बताए । साहले भने– ‘प्रहरीको सुरक्षित आवासको जिम्मेवारी प्रदेश सरकारले लिन्छ । प्रहरी प्रशासनको व्यवस्थित कार्यालय र आवासको जिम्मेवारीप्रति हामी गम्भिर छौँ ।’

कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमला, २ नम्बर प्रदेश कार्यालय टिएसटी प्रमुख प्रहरी निरीक्षक चिरञ्जिवी प्रसाद महतो लगायतले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप