बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इटालियन फेसन ब्रान्ड ‘दा मिलानो’को फेस्टिभ अफरः ५० प्रतिशतसम्मको छुट

बुधबार, ०६ असोज २०७८, १५ : १५
बुधबार, ०६ असोज २०७८

काठमाडौं । इटालियन फेसन ब्रान्ड ‘दा मिलानो’ ले दसैँ तिहारको अवसर पारेर विशेष छुट अफर सार्वजनिक गरेको छ । आरपी ग्रुप अन्तर्गतको दा मिलानो इटालिया र रोसो ब्रुनेलोले पनि दसैँ तिहारका अवसरमा उपभोक्तालाई ५० प्रतिशतसम्म छुटमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ । 

दा मिलानोका उच्चस्तरीय उत्पादन नेपाली उपभोक्ताहरुको रोजाइमा पर्दै आएको दा मिलानो स्टोर प्रमुख ग्रेशा खड्काले बताइन् । उनका अनुसार, दा मिलानोको उत्पादनमा लाइफटाइम वारेन्टी हुने गरेकोले पनि ग्राहकहरु यसप्रति आकर्षित छन् ।

दा मिलानोका पुरुष तथा महिलाको ह्यान्ड ब्याग, बेल्ट, कम्प्युटर ब्याग, वालेट, ट्राभल लगेज लगायतका उत्पादनका लागि प्रसिद्ध छ  । यस्तै रोसो ब्रुनेलो पुरुष र महिला दुवैका लागि आवश्यक छाला (लेदर)का जुत्ताका लागि चर्चित छ ।

दा मिलानो इटालिया र रोसो ब्रुनेलोको शोरुम दरबारमार्ग क्यापिटल मलको ग्राउन्ड फ्लोरमा रहेको छ । अफर असोज १ गतेदेखि ३५ दिनसम्म चल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप