बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

थप १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

बुधबार, ०६ असोज २०७८, १६ : ३०
बुधबार, ०६ असोज २०७८

देशभर थप १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ९३० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २५१ र एन्टिजेन विधिबाट २२७ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेका छन् । यसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा, १ हजार ३३४ जना संस्थागत आइसोलेसनमा, ३३४ जना आईसीयूमा र ११९ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ६३० जना निको भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ । यही अवधिमा थप १ लाख ५६ हजार १८ जनाले खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप