राजनीति

माधवकुमार नेपालको राजनीतिक प्रस्ताव पारित, भोलि महासचिव छान्ने

person explore access_timeअसोज ६, २०७८ chat_bubble_outline0

 

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक लम्बिएको छ । बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको छ । मंगलबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष नेपालको प्रस्ताव समूहगत छलफलपछि पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न रामकुमारी झाँक्री, रामचन्द्र साह, रमा आले, श्रीप्रसाद साह र दिनेश राईले समूहको नेतृत्व गरेका थिए । समूह नेताले दिएका सुझावलाई समेत समेटेर बुधबारको बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको हो ।

​बुधबारको बैठकमा सुझावको सारांशमा संश्लेषण गर्दै अध्यक्ष नेपालले जबज सिर्जनात्मक अध्याय भएको भन्दै त्यसलाई थप सिर्जनात्मक बनाउने बताएका थिए । त्यस्तै बैठकमा अध्यक्ष नेपालले एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई कुरूप र विकृत बनाएको भन्दै जबजको काम छैन भन्ने अवस्थामा पुर्‍याएकाले जबजका सारभूत लक्ष्यलाई पक्रँदै जाने बारे प्रस्ट पारेका थिए ।

त्यस्तै बैठकले समाजवाद नामक बुलेटिन प्रकाशित गर्ने निर्णय गरेको छ  अर्को बैठक बिहीबार बिहान ११ बजे पुन बस्नेछ । भोलिको बैठकका लागि कार्यसूची तयार रहेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए । उनका अनुसार भोलिको बैठकले तीन महिने कार्ययोजना पास गर्नुका साथै महासचिव समेत चयन गर्नेछ । साथै स्थायी समिति र पोलिटब्यूरो सदस्य समेत भोलिको बैठकले टुङ्गो लगाउने छ ।

चुनाव चिन्हमा प्राप्त सुझावका आधारमा निर्णय गरेर निर्वाचन आयोग जाने सो पार्टीले जनाएको छ । सो पार्टीले आगामी तीन महिनामा राष्ट्रिय सम्मेलन गर्ने  घोषणा गरिसकेको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।