शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब बैङ्कहरूले नोटको हिफाजतपूर्ण तरिकाले प्रयोग गराउनसमेत सचेत गराउनु पर्ने

बुधबार, ०६ असोज २०७८, १७ : २४
बुधबार, ०६ असोज २०७८

नेपाल राष्ट्र बैङ्कले नोटको हिफाजतपूर्ण तरिकाले प्रयोग गर्न प्रेरित गर्ने गरी सूचना टाँस गर्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । दसैँ तिहारका लागि नयाँ नोट साट्न आउने ग्राहकहरूलाई एक्सचेन्ज काउन्टर अगाडी नै देखिने गरी अनिवार्य सचेतनामूलक सूचना टाँस गर्न बैङ्कले निर्देशन दिएको हो । बुधबार केन्द्रीय बैङ्कको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

‘त्यस बैङ्कमा सेवा लिन आउने सर्वसाधारण सेवाग्राहीले स्पष्ट देख्ने गरी आफ्ना सबै सटही काउण्टरहरूमा संलग्न बमोजिमको नोटको हिफाजतपूर्ण तरिकाले प्रयोग गर्ने सम्बन्धी सूचना टाँस गरी सर्वसाधारण सेवाग्राहीमा सचेत गराउन हुन सहयोग लागि अनुरोध छ’ मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालद्वारा जारी सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप