शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वाणिज्य विभाग भन्छ- बजारमा चिनीको अभाव छैन

बुधबार, ०६ असोज २०७८, १७ : ५७
बुधबार, ०६ असोज २०७८

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा चिनीको अभाव नभएको बताएको छ । विभागले आज बजारमा चिनीको अभाव नरहेकाले हल्लाको पछि लागेर आवश्यकताभन्दा बढी चिनी खरिद नगर्न भनेको हो ।

पछिल्लो समय बजारमा चिनीको अभाव देखाएर मूल्य बढाउने चलखेल भएपछि आज विज्ञप्ति निकाल्दै विभागले यस्तो बताएको छ । ‘उपभोक्ताहरूमा भ्रम सिर्जना गर्ने खालका सूचना बाहिर ल्याई चिनीको मूल्य बढाउने प्रक्रिया सुरु भएको छ,’ विभागले भनेको छ, ‘तर, बजारमा आगामी ३ महिनाका लागि पुग्ने चिनी छ ।’

बजारमा पर्याप्त मात्रामा चिनी रहेकाले उपभोक्ताहरूले हतासमा चिनी चाहिनेभन्दा बढी खरिद गरेर भण्डारण नगर्नसमेत विभागले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप