शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषध बिक्री गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

बुधबार, ०६ असोज २०७८, १८ : १६
बुधबार, ०६ असोज २०७८

दाङमा लागूऔषध बिक्री वितरण गर्ने एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा फ्यूजन हेल्थ केयर मेडिकल सञ्चालिका ४० वर्षीय तिलाकुमारी सुनारलाई प्रहरीले पक्राउ गरेको हो । उनी तुलसीपुर उपमहानगरपालिका–८ दुधेनाकी स्थायी बासिन्दा हुन् । 

उनको साथबाट प्रहरीले एन्टिटीसिभ ट्याब्लेट,  एन्टिकोफ ट्याब्लेट, ट्रामाडोल ट्याब्लेट र सी–ट्रायब बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । प्रहरीले उनी माथि थप अनुसन्धान भैरहेको जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप