बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ का मुख्यमन्त्री राउत सहितको टोली पोखरामा

बुधबार, ०६ असोज २०७८, २२ : ०३
बुधबार, ०६ असोज २०७८

प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत सहितको टोली पोखराको भ्रमणमा आएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा बुधबार पोखरा आएको टोलीलाई मुख्यमन्त्री पोखरेल आफ्नो कार्यकक्षमा औपचारिक भेटवार्ता गरे । 

भेटवार्ताका क्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले जनताको चाहना बमोजिमको विकास गर्ने कार्यमा धेरै चुनौतीको सामना गर्नु परेको बताए ।‘ प्रदेश सरकालाई अधिकार दिन सवालमा सङ्घीय सरकार अनुदार रहेको छ,प्रदेशलाई अधिकारी सम्पन्न गराउन आगामी दिनमा प्रदेश सरकारबीच सहकार्य गरेर अगाडी बढ्नु आवश्यक छ,’उनले भने, ‘सङ्घीय सरकारले धेरै राजश्व आफैले राखेर प्रदेशलाई न्यून मात्रामा उपलब्ध गराउँदा विकास निर्माणका कार्य सम्पन्न गर्न नसक्ने अवस्था छ ।’

मुख्यमन्त्री पोखरेलले सङ्घीय सरकार केन्द्रीकृत मानसिकतामा अल्झिएको आरोप समेत लगाए । उनले कर्मचारी समायोजन, शान्ति सुरक्षाको लगायतका मुख्य काममा सङ्घीय सरकारले प्रदेशलाई अधिकार नदिएको आरोप लगाए । 

उनले प्रदेशमा ठुला भौतिक पूर्वाधार निर्माण गर्नका लागि आवश्यक जग्गा प्राप्ति समस्या झेल्दै आएको गुनासो गरे। अन्तर प्रदेश समन्वय परिषद्को बैठक नियमित बसेर सबै प्रदेशका समस्याको समाधानका लागि सङ्घीय सरकारलाई दबाब दिन आवश्यक रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले साझा सरोकारका विषयमा सातै प्रदेशका मुख्य मन्त्रीहरू बीच छलफल गरेर सङ्घीयताको प्रवर्द्धनका लागि स्पष्ट धारणा बनाउन आवश्यक रहेको बताए । मुख्यमन्त्री पोखरेलले पर्यटन प्रवर्द्धनमा प्रदेश २ का सांस्कृतिक धरोहरका रूपमा रहेका जानकी मन्दिर, गढीमाईको मन्दिर लगायतका ठाउँ रहेको स्मरण गर्दै दुवै प्रदेशमा पुग्ने पर्यटकलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड दिए ।

अधिकारको लडाइँका क्रममा आफूहरू सङ्घ सरकारसँग मुद्दा लडिरहेको बताउँदै अधिकार नपाएसम्म सङ्घर्ष जारी रहने उनको भनाइ थियो । भौतिक विकास मात्र नभएर सामाजिक रूपान्तरण हुनुपर्छ भनेर प्रदेश सरकारले महिला जागरण, बालिका सशक्तीकरण, सरसफाइजस्ता अभियान थालेको उनले बताए ।

सांस्कृतिक सहर जनकपुर र पर्यटकीय सहर पोखराबीच हवाई सम्बन्ध कायम गरी भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप