बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैङ्कले सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने

बुधबार, ०६ असोज २०७८, १९ : १८
बुधबार, ०६ असोज २०७८

सानिमा बैङ्कले आफ्ना सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको बैङ्कको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र बैङ्कको आगामी साधारणसभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् । गत आवको असार मसान्तसम्म बैङ्कले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । हाल बैङ्कको चुक्तापुँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप