शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा भीरबाट लडेर एक पुरुषको मृत्यु

बुधबार, ०६ असोज २०७८, २१ : ४३
बुधबार, ०६ असोज २०७८

धादिङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गजुरी गाँउपालिका–२ मलेखु बजार नजिकैको भीरबाट लडेर स्थानीय रामबहादुर गुरुङको मृत्यु भएको हो   मलेखु बजारबाट घर जाने क्रममा बुधबार साँझ भीरबाट लडेर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काले बताए ।

बेनिघाट रोराङ गाँउपालिका–२ महादेवस्थान निवासी  ६३ वर्षीय गुरुङको शव सडकबाट करिव ६० फिट तल भेटिएको डिएसपी खड्काले बताए । डिएसपी खड्काका अनुसार मृतक गुरुङको शव घटनास्थलबाट निकालेर पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप