प्रदेश नं १ मा सबैभन्दा बढी मोरङ र विराटनगरमा सङ्क्रमित
बुधबार, ०६ असोज २०७८, २२ : ०२
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा सबैभन्दा बढी मोरङमा ९३ जनामा कोरोनो सङ्क्रमण भएको पुष्टि भएको छ । सोही अवधिमा स्थानीय तहअन्तर्गत मोरङकै विराटनगरमा ५२ जना सङ्क्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा ७९, सुनसरीमा ४८, पाँचथरमा दुई, धनकुटा, सङ्खुवासभा र तेह्रथुममा एकएक र प्रदेश बाहिरका चार जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । सोही अवधिमा एक हजार ५९ को पीसीआर परीक्षण गर्दा २२९ र ४५१ को एन्टिजेन परीक्षण गर्दा ९१ गरी कूल ३२० मा कोरोना सङ्क्रमण भएको हो ।
प्रदेशमा आजै १७४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८७ महिला र ८७ पुरुष रहेका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणबाट एक महिलासहित चारको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा
-
सडक र टोलले सम्झिन्छ सहिद घिमिरेलाई
-
सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !