शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

बिहीबार, ०७ असोज २०७८, ०६ : २८
बिहीबार, ०७ असोज २०७८

काठमाडौं । प्रतिनिधिसभा बैठकको आज बिहीबार बस्दैछ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ । 

आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । 

यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप