बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

अर्को त्रास, निपाह भाइरस

बिहीबार, ०७ असोज २०७८, ०७ : ४२
बिहीबार, ०७ असोज २०७८

कोरोना महामारीकै बेला अर्को त्रास थपिएको छ, निपाह भाइरस । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारी ल्याउन सक्ने १० प्राणघातक रोगभित्र यसलाई राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निपाहको जोखिम नेपालमा उच्च रहेको बताए ।

‘छिमेकी मुलुकमा संक्रमण पुष्टि भइसकेको छ । भारतबाट संक्रमित चमेरो, फलफूल खान नेपालको तराई आउन सक्छ,’ सहप्रवक्ता डा. अधिकारीले भने । फलफूल खाने फ्रुट ब्याट प्रजातिको संक्रमित चमेरोले यो भाइरस सार्ने पाइएको छ । 

डा. अधिकारीका अनुसार निपाहबाट हुने मृत्युदर कोभिड–१९ को तुलनामा उच्च छ । जसको मृत्युदर ४५ देखि ७५ प्रतिशत छ ।

भारतको दक्षिणी राज्य कोरलामा एक नर्ससहित १० जनाको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य सचिव राजीव सदानन्दनले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या १२ पुगेको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप