शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजु र देवीले ल्याए दसैँ गीत ‘ह्यापी दसैँ’

बिहीबार, ०७ असोज २०७८, ०९ : ०९
बिहीबार, ०७ असोज २०७८

 काठमाडौंँ । हामी नेपालीहरुको महान चाड दसैं नजिकिदै गर्दा यस सम्बन्धी गीतहरू बजारमा भित्रिन थालेका छन् । यस्तैमा, गायक राजु ढकाल, देवी घर्ती, रविन लामिछाने, अस्मिता दल्लाकोटीले दसैं लोकदोहोरी गीत ‘ह्यापी दशै’ बनाएका छन् ।

परदेशमा रहेका आफन्तले स्वदेशमा रहेकी आफ्नी पियारीलाई दशै हाँसी खुसीले मनाउन आग्रह गरिएको गीतमा स्वदेशमा रहेकी पियारीले भने घर फर्किन र दसैँसँगै मनाउन आग्रह गरेकी छन् । 

सुमधुर लयका साथ तयार गरिएको गीतमा शब्द तथा संगीत सन्तोष पन्तको रहेको छ । गीतको संगीत संयोजन भने चेतन गोतामेले गरेका हुन् ।

गीतको भिडियोमा सन्तोष पन्त, सुस्मा ढकाल, फिल्पी देवकोटा, अस्मिता दल्लाकोटी लगायतको अभिनय देख्न सकिन्छ । वीरेन्द्र भट्टको छायाँकन, अभिनास डिसीको सम्पादन रहेको भिडियोमा मदन खड्काको निर्देशन छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप