मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

फ्लोरमा केकीको ‘घिन्ताङ’

बिहीबार, ०७ असोज २०७८, ०९ : ३४
बिहीबार, ०७ असोज २०७८

काठमाडौँ । फिल्म ‘घिन्ताङ’को छायांकन सुरु भएको छ । २० दिनको नियमित सेड्युल सहित फिल्मले काभ्रेको पनौतीबाट छायांकन सुरु गरेको हो । निर्माता निर्देशक दीपक श्रेष्ठले फिल्म छायांकनका लागि अहिले उपयुक्त समय पाएकोले सुटिङ सुरु गरेको बताए । 

फिल्मको छायांकन दसैँ अगाडि सकाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए । केकी अधिकारी, गौरव पहाडी, नीर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी र दीपाश्री निरौलाको मुख्य भुमिका फिल्ममा रहनेछ । 

राजु लामाको प्रस्तुति रहेको फिल्ममा दीपक शर्माको संगीत र संकल्प भुजेलको छायांकन रहन्छ । ६० लाखको लागत निर्माण अनुमान गरिएको फिल्म गत वैशाखमै सुरु गर्ने योजना निर्देशक श्रेष्ठको थियो । तर कोरोनाको कारण उनको योजना पूरा हुन सकेन ।

दीपकले ९ वर्षपछि यसै फिल्ममार्फत निर्देशनमा कम ब्याक गरेका हुन् । त्यसैले पनि उनी ‘धिन्ताङ’ आफ्नो महत्वाकांक्षी फिल्म भएको बताउँदै आएका छन् । छायांकन अगाडि पनि उनले फिल्मको एक्सरसाइज राम्रो गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप