यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आज बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री दर ११८.५० र खरिद दर ११७.९० रुपैयाँ तोकेको छ । यस्तै, एक यूरोको बिक्री मूल्य १३९.०२ र खरिद दर १३८.३१ तथा पाउण्डको बिक्री १६१.७० र खरिद दर १६०.८८ रुपैयाँ कायम भएको छ ।
यसका साथै, स्वीस फ्र्यांकको बिक्री मूल्य १२८.४९ र खरिद दर १२७.८४ रुपैयाँ तथा अष्ट्रेलियन डलरको बिक्री दर ८५.९२ र खरिद दर ८५.४९ रुपैयाँ तोकिएको छ । यस्तै, एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८७.६७ र खरिद दर ८७.२३ रुपैयाँ छ ।
यसका साथै, १० जापानी येनको बिक्री दर १०.८२ र खरिद दर १०.७६ तथा चिनियाँ युयानको बिक्री १८.३२ र खरिद दर १८.२३ कायम छ । साउदी अरबियन रियालको बिक्री ३१.६० र खरिद ३१.४४ रुपैयाँ कायम हुँदा कतारी रियालको बिक्री ३२.५५ र खरिद ३२.३८ रुपैयाँ तोकिएको छ ।
यता संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२.२६ र खरिद दर २१.१० तथा मलेसियन रिंगटको बिक्री दर २८.२६ र खरिद दर २८.१२ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान